बाह्रखरी फोटो

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भीड लागेको छ । आज काठमाडौंको हनुमानढोकास्थित कृष्ण मन्दिरमा पनि भक्तजनको भीड थियो ।
जन्माष्टमीको दिन आफ्नो बालबालिकालाई राधाकृष्णको पहिरनमा मन्दिर ल्याउनेको संख्या बढ्न थालेको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्