site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आइएमई बैंकले गर्‍यो क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन
Tiktok banner adTiktok banner ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । अब आफ्नो अनुकूल समयमा क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।

बैंकले पाँच क्यास डिपोजिटर र पाँच चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाभित्र कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याइएको जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड र कुलेश्वर तथा उपत्यकाबाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ ।

कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको शुभारम्भ गरे ।

सो अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आमउपझोक्ताको आकांक्षाअनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

ग्लोबल आइएमई बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro