site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकताअनुसार संशोधन गर्न सरकार लागेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले पर्यटन ऐनलाई समयसापेक्ष बनाउने गरी काम गरिरहेको बताए । मन्त्री किरातीले पर्वतारोहणको क्षेत्रको विकासका लागि आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए ।

पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउँदै उनले पर्वतारोहण नियमावली संशोधन गर्दा आठ हजार मिटरमाथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्व घट्ने विषयमा पनि सचेत रहेको धारणा राखे ।

Global Ime bank

नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्यीय समिति आजै गठन गर्न लागेको उनले बताए । कतिपय नीतिहरु नेपालको राष्ट्रिय हितमा हो कि होइन भनेर छुट्याउन नसकिएको उनको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको उनले बताए । २२ वटा विमानस्थलहरु खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खबौंँ बजेट खर्च भएको उनले बताए ।

मन्त्री किरातीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा, लाउडा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे । वायुसेवा निगमले पौने चार अर्ब ऋण तिरेको भन्दै उनले तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement