देश

काठमाडौं । चितवनको माडी नगरपालिका–३, धोबहामा शनिबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २६ वर्षीय धीरज महतो रहेका छन् ।
धोबहामा उनका बुवा शिवनारायण महतोले जनावरबाट बाली बचाउन लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा घाइते भएका थिए ।
बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्