site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा साइकल चलाउने वातावरण छैन : हरिवंश आचार्य
फाइल तस्बिर ।

काठमाडौं । कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकलयात्री र ह्वीलचियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौं आयोजित ‘सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला’मा उनले सहरको नीति निर्माणमा साइकलयात्रा र ह्वीलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्नेमा जोड दिए ।

काठमाडौंका सडकहरूमा साइकल चलाउने वातावरण नभएको उनले बताए । मानव स्वास्थ्यका लागि साइकलयात्रा उपयुक्त हुने आचार्यको भनाइ छ ।

साइकलले प्रदूषण घटाउने र डिजेल–पेट्रोलका साधनले प्रदूषण बढाउने उनले उल्लेख गरे । सडकमा साइकल लेन छुट्ट्याउन कन्जुस्याइँ गरिएको उनले बताए । आफूसँग साइकल चलाउने सीप भए पनि ठाउँको अभाव हुँदा समस्या भएको उनले सुनाए ।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठले यात्रीमैत्री सडक हुनुुपर्ने बताए । सडक सवारीसाधनको मात्र नभएको भन्दै उनले पैदलयात्री, साइकल र ह्वीलचियरयात्रीका लागि पनि भएको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro