अर्थ व्यवसाय
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले साना व्यवसायीलाई सरकारले राहत दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' विषयक बृहत् छलफल कार्यक्रममा मल्लले साना व्यवसायी पलायन भइरहेकाले यसलाई रोक्न ब्याजदरमा सहुलियत हुनुपर्ने बताएका हुन् ।
"साना व्यवसायी अहिले समस्यामा छन् । ठूला व्यवसायीलाई जसरी ऋण दिए पनि साना व्यवसायीबाट ब्याजदरको बेस रेटमा प्रमियम २ प्रतिशत मात्र लिनुपर्छ," उनले भने, "अहिले व्यवसाय छैन । जनताको क्रयशक्ति घटेको छ ।"
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १७:४२
प्रतिक्रिया दिनुहोस्