site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सार्क राष्ट्रबीच समझरी आवश्यक : राष्ट्रपति 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्क राष्ट्रहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक भएको बताएका छन् । सार्कका महासचिव इसला रुवान विराकुनले गरेको बिदाइ भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । 

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सार्कका महासचिव इसला रुवान विराकुनले शिष्टाचार बिदाइ भेट गर्नुभयो,” राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, “सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो ।”

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्