site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रेमिकासँग १० मिनेट ‘किस’ गर्दा कानको जाली फुटेपछि...

काठमाडौं । प्रेमिकासँग १० मिनेटसम्म चुम्बन गर्दा कानको पर्दा (जाली) फुटेका एक युवकको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

घटना पूर्वी चीनको झेजियाङ प्रान्तको वेस्ट लेकमा चुम्बन साटासाट गरेका जोडीको हो । चीनको हाङजो टीभीले यही अगस्ट २२ अर्थात् चिनियाँ ‘भ्यालेन्टाइन डे’मा सो घटना भएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

चुम्बनका क्रममा ती व्यक्तिले आफ्नो बायाँ कानमा एक किसिमको आवाज सुनेका थिए । त्यसपछि कान दुखेर सुन्न अप्ठ्यारो हुन थालेको बताएका थिए ।

लगत्तै जोडी हतारहतारमा अस्पताल पुगेको थियो । अस्पतालमा चिकित्सकले कानको पर्दा फुटेको र निको हुन दुई महिना लाग्ने बताएका थिए ।

त्यसरी धेरै समय चुम्बन गर्दा कानभित्र हावाको चापमा तीव्र परिवर्तन हुने र लामो श्वासप्रश्वास समेत हुँदा सन्तुलन बिग्रिएर कानको जाली फुट्ने सम्भावना हुने चिकित्सकको भनाइ छ ।

यस्तो घटना भएको यो पहिलोपटक भने होइन । चुम्बनबाहेक झगडा, सडक दुर्घटना, पौडी खेल्दा र उड्दा समेत कानको जालीमा छिद्र बन्न सक्ने चिकित्सकले बताएका छन् ।

यसलाई निको पार्न सामान्य औषधिदेखि शल्यक्रिया गर्नुपर्ने स्थिति आउने चिकित्सकको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro