site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘नाडा अटो सो’ आयोजना हुँदै, २० अर्बको कारोबार हुने अपेक्षा 

काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसियसन अफ नेपालले १५औँ संस्करणको टाटा मोटर्स जेनुइन आयल ‘नाडा अटो सो’ आयोजना गर्दै छ । 

६ दिनसम्म चल्ने प्रर्दशनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको प्रदर्शनी हुने नाडाले जनाएको छ । 

उक्त प्रदर्शनी भृकुुुुटीमण्डपको प्रदर्शनीस्थलमा भदौ २६ देखि ३१ गतेसम्म प्रदर्शनी चल्ने छ । प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड रहेको छ । 

Dabur Nepal
NIC Asia

प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । 

बजार सुस्तता भएको समयमा यस प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूको सहभागिताले अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान दिने नाडाले जनाएको छ । 

“आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०२३ले बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आयोजकको ठम्याइ रहेको छ,”, नाडाले जारी गरेको विज्ञत्तिमा भनिएको छ, “सँग–सँगै नेपाली महान चाड–पर्वहरूको पूर्वाधारमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ ।” 

साथै, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । 

आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहने आयोजकले जनाएको छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले उल्लेख गरेको छ । 

उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्रिपछिका सेवा, आदिका छुुट्टाछुट्टै स्टलहरू रहने छन् । 

अटोसम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा राखिएको नाडाले जनाएको छ । 

प्रदर्शनीस्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । 

प्रर्दशनीमा प्रवेश गर्न सर्वसाधारणको लागि २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँको लाग्ने छ । प्रर्दशनीमा सहभागी हुनेको लागि खल्तीबाट अनलाइन टिकट लिन सकिने छ । 

भदौ २५ गतेसम्मको अनलाइन टिकट खरिद गर्दा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । उक्त प्रदर्शनीमा ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको प्रक्ष्येपण छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro