site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे । 

समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत उनको दाबी थियो । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए । 

उनले अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरूले भनेपनि त्यसलाई जनताले नपत्याउने बताए ।

उनले भने, "ललितानिवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ । सायद समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन । माधव नेपाल पनि हर हिसाबले पूर्ण होइन होला । कर्मी, सीमाहरू होलान् । तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन ।" 

मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro