site stats
बाह्रखरी :: Baahrakhari
देश
२६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बिमा सेवा 

काठमाडौं । २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ । 

स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ । 

Argakhachi Cement Island Ad

बिमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, गेटा आँखा अस्पताल कैलाली, राप्ती आँखा अस्पताल दाङ छन् ।

त्यस्तै, शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी, लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा, युनाइटेड मिसन हस्पिटल पाल्पा, नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा, लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देहीबाट पनि बिमा सेवा हटाइएको छ ।

त्यसैगरी फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, सप्तर्षि हस्पिटल सिरहा, नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके, जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा, जानकी मेडिकल कलेज धनुषा, घोडाघोडी हस्पिटल कैलाली, लाल रत्न हस्पिटल कैलाली, नवजीवन हस्पिटल कैलाली, आइ केयर सेन्टर खोटाङ,मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर र देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देहीलाई पनि बिमा सेवा प्रदान गर्ने संस्थाको सूचीबाट हटाइएको हो ।   

अघिल्लो आर्थिक वर्षको बजेटमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ ।

योसँगै स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४५७ स्वास्थ्य संस्थाबाट २६ वटा अस्पताल घटेका छन् । 

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि भने झन्डै दुईसय वटा निजी अस्पतालले बिमा कार्यक्रम सञ्चालन गर्न आवेदन दिएपनि नयाँ सम्झौता नगरिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । 

हाल बिमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् । 
Delisted_Hospital_List_Notice_Aug25_20231692951226.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्