राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २०४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बनमा परेको जानकारी गराएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १८:३२
प्रतिक्रिया दिनुहोस्