site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धुलिखेल अस्पतालका लागि तीन अर्ब २९ करोड जापानी येन अनुदान स्वीकार

काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्ले गायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि पनि प्रदान गरेको छ ।

यस्तै, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्काषन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताइन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्