site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्न सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु भएको छ ।

मंगलबारदेखि ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमा आज (बुधबार) छलफल जारी रहनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीका केन्द्रीय सदस्यहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न सुरु गरेका छन् । बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ ।

Global Ime bank

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement