site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न समिति बनाउनुपर्छ : सांसद देवकोटा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

सुन तस्करीभन्दा ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरू किन चुपचाप ? भन्दै उनले प्रश्न गरे । मंगलबार राष्ट्रियसभा बैठकमा सांसद देवकोटाले सुन तस्करी वा अरू प्रकरणको छानबिनका लागि संसदीय समिति नै बनाउन उपयुक्त हुने तर्क समेत गरे ।

संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकाले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने उनको भनाइ छ ।

“सत्तापक्ष र विपक्ष दलका बीच सुन तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ, एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ,” उनले भने, “तर, योभन्दा पनि लज्जाको विषय नक्कली भुटानी शरणार्थीसम्बन्धी विषय हो । तर, यसमा दलहरू किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस् । बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद्भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानबिन समितिभन्दा सार्वभौमसत्तासम्पन्न संसद्को समिति बनाउँदा बढी विश्वासयोग्य हुन्छ, भरोसा योग्य हुन्छ भन्ने मेरो धारणा हो । यसमा दलहरूले ध्यान दिनुपर्‍यो ।”

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको भन्दै आक्रोश पोखे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro