site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, भट्टराई र नेपाल साक्षी मात्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले बतायो ।

Dabur Nepal
NIC Asia

प्रहरीको रायसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएर अभियोजन गर्ने अधिकार सरकारी वकिल कार्यालयलाई हुन्छ ।

श्रेष्ठबाहेक जोशी, गच्छदार र साहले सोमबार सीआईबीसमक्ष बयान दिएका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भने साक्षीका रूपमा मात्र कागजी बयान गरिएको जनाइएको छ ।

सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro