site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : ओली
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेका छन् ।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाइबर र केबल तार बिछ्याउने कामदेखि सबै जिल्लाहरूमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाइ थियो ।

KFC Island Ad
NIC Asia

उनले भने, "म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल तार बिछ्याउने कामहरूदेखि लिएर सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलियो भएका छौँ । अझै यसलाई सुदृढ गर्न जरुरी छ ।"

सांस्कृतिक समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताए ।

Royal Enfield Island Ad

उनले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रूपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताए ।

दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तीब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढ्ने धारणा राखे ।

उनले भने "सुुदूरपश्चिम प्रदेश सधैं पछाडि परिरहन सक्दैन किनभने स्रोतहरू तथा अनेक हिसाबले यसको कमजोरी भनेको एउटा दुर्गमता मात्रै हो । अब त्यस दुर्गमतालाई हामीले अनेक प्रकारका कनेन्टिभिटीहरू बाटो तथा हवाई यातायात हुँदै अब बिस्तारै हामीले केबलकारका कनेक्टिभिटी, अहिले सञ्चारका कनेक्टिभिटी आदिबाट हामी जोडिइसकेका छौँ । र, अरु कनेक्टिभिटी पनि हामीले जोड्नु छ ।"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro