site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शीर्ष नेताको बैठक डाकेका छन् ।

संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्रीले अहिले साढे १२ मा शीर्ष नेताको बैठक डाकेको बताइएको छ । गत साउन १० यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ ।

Dabur Nepal
NIC Asia

ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ ।

त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्रीले आग्रह गरेका छन् ।

सुरुमा राजस्व अनुसन्धानले हेरेको सुन काण्डको अनुसन्धानपछि सीआईबीलाई दिइएको थियो । तर, एमालेले भने गृहमन्त्रीमाथि नै अनुसन्धान आवश्यक भएकाले सीआईबीले गर्न नसक्ने बताउँदै आएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro