site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घरमा बन्दुक लुकाएर राख्ने २० वर्षीय युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । दोलखामा बन्दुक लुकाएर राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । कालिञ्चोक गाउँपालिका–३, बुलासेका २० वर्षीय नवीन खत्रीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीले आफ्नै घरमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय सिंगटीबाट टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको घरको छानोमा राखिएको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको थियो । तर, उक्त बन्दुक नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, घरनजिकै रहेको खत्रीकै बारीमा प्लास्टिकले बेरेर राखेको अवस्थामा थप एकथान भरुवा बन्दुक फेला परेको थियो । उक्त बन्दुक नयाँ र चल्ने अवस्थामा रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

ती दुईथान भरुवा बन्दुकसहित उनलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu