site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चल बस्नेतलाई प्रश्न– दिमाग खराब कस्तो सिनेमा हो ? 
फाइल तस्बिर

काठमाडौं । निर्देशक निश्चल बस्नेतको नयाँ सिनेमा कात्तिक २४ गते रिलिज हुँदै छ । केही समय अगाडि छायांकन सकिएको सिनेमाको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ । 

लामो समयपछि निश्चल निर्देशनमा फर्किन लागेका हुन् । ‘लुट–२’ पछि निश्चलले चलचित्र निर्देशन गरेका हुन् । 

Dabur Nepal
NIC Asia

“दिमाग खराब भएको भएर यो सिनेमा बनाएको हुँ । दिमाग खराब हुनेहरूले के गर्न सक्छौँ । दिमाग खराब गराउनेहरूको दिमाग खराब पनि त गराउन सक्छौँ भन्ने सोचबाट यो सिनेमा बनाएका हौँ,” दिमाग खराब कस्तो सिनेमा हो ? भन्ने प्रश्नमा निश्चल भन्छन्, “यसमा सोसियोे पोलिटिकल एलिमेन्ट्स छ । डार्क ह्युमर पनि छ ।”

निश्चलले आफूलाई मनमा लागेको र सिनेमामार्फत भन्न मन लागेको कुरा ‘दिमाग खराब’मार्फत भन्ने प्रयास गरेको उनले बताए । 

“सुरुमा सोचेको आइडियालाई उतार्ने प्रयास गरेका छौँ । कथा र स्क्रिन प्ले हेर्दा न्याय भएको छ भन्ने लागेको छ,” उनले भने । 

निश्चलको निर्देशन रहेको सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बराल मुख्य भूमिकामा छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro