site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'सरकारको संलग्नताबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन'
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताए ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतोबिना बाहिरिन नसक्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुईवटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय किलो सुन बाहिरिनुले सत्ताको संलग्नता रहने स्पष्ट हुने उनले बताए । सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने उनले बताए ।

“जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ,” उनले भने, “एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।”

Global Ime bank

नेता केसीले संसद् बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement