site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक बसेन
फाइल तस्बिर ।

काठमाडौं । गणपूरक संख्या नपुगेको भन्दै संसद्को सार्वजनिक लेखा समितिको बैठक स्थगन भएको छ । बिहीबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकलाई सांसद्हरूले छलेका छन् । बैठकमा नेकपा (एमाले)का कोही सांसद् उपस्थित भएनन् भने अन्य दलका सांसदहरूको पनि अनुपस्थिति रह्यो ।

अघिल्लो बैठकमा समिति सदस्य तथा एमाले सचिव योगेश भट्टराईले समिति सभापति चयन नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । हालसम्म समिति सभापति चयन हुन सकेको छैन । त्यसैले एमाले बैठकमा उपस्थित नभएको हो कि भन्ने प्रश्न खडा भएको छ ।

एमाले सांसद् तथा समिति सदस्य ऋषिकेश पोखरेलले बैठक बहिस्कार गर्ने घोषित नीति नभएको बताउँछन् । “सदन हप्ता दिनसम्म स्थगन भएपछि हामी जिल्लातिर आएका हौं । मैले त ३ गते पछि राखौं भनेर सुझाव दिएको थिएँ,” पोखरेलले बाह्रखरीसँग भने, “घोषित बहिस्कार गर्ने कुरा भएको छैन । बाँकी के भएको हो नेताहरूसँगै बुझ्नुपर्ला ।”

बेरुजु संपरिक्षण र विविध विषयमा समितिमा छलफल गर्ने विषयवस्तु राखिएको थियो । तर, २६ सदस्यमध्ये ९ जनामात्र बैठकमा उपस्थित भएका छन् । प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीको दफा १८२ मा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र बैठक सञ्चालन हुने उल्लेख छ । आजको बैठकमा ९ जनामात्र उपस्थित भएका थिए ।

“९ जनामात्र उपस्थित हुनुभयो । त्यसकारण गणपूरक संख्या नपुगेपछि बैठक चल्न सकेन,” समिति सचिव एकराम गिरीले भने ।

समितिमा २६ जना सदस्य छन् । बैठक सञ्चालन गर्न र गणपूरक संख्या पुर्‍याउन १४ सांसद् अनिवार्य उपस्थित हुर्नैपर्ने नियमावलीको व्यवस्था छ । यसअघि पनि समिति बैठक गणपूरक संख्या नपुगेको भन्दै स्थगन भएको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro