site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार महिनामा ९३७ जनाले लिए टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ ।

गत आर्थिक वर्षको चार महिनामा ९३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरूले वैदेशिक रोजागारीको क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् ।  

Dabur Nepal
NIC Asia

टेलिमेडीसिन सेवा लिनेहरूमा सबैभन्दा बढी मलेसियाबाट २७५ जना छन् । त्यसैगरी साउदी अरेबियाबाट २२७ जना, यूएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १०४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११, रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ ।

सबैभन्दा बढी मेडिसिनमा ३१२, सर्जरीमा १७२ र अर्थोपेडिकमा १३२ जनाले सेवा लिएका छन् । बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पाइलट टेस्टको रूपमा बोर्डले सुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको जानकारी दिए ।

उनले तत्कालका लागि एकजना चिकित्सक र दुईजना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुनेगरी सुरु गरिएको सेवा प्रभावकारी देखिएपछि विस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताए ।

उनले भने, "हामीले पाइलट टेस्टको रूपमा गत आर्थिक वर्षको चार महिनामा ९ सय जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।  १६ वटा देशबाट सेवा लिनुभयो । हामीले वीर अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिनको सेवा सुरु गरेका छौँ । केही समस्या प¥यो भने डाक्टर साथीहरूले अन्य विशेषज्ञ डाक्टरको समय लिएर सेवा दिने गर्नुभएको छ । जुन देशबाट फोन गरेपछि हुन्छ । हामीले कल सेन्टर र टेलिमेडिसिनको फोन उपलब्ध गराएका छौँ । जुन देशमा जाने हो त्यहाँका कानुनका कुरा बाटो काट्ने लगायत विषयमा पूर्व अभिमुखीकरण तालिम भनेर सञ्चालन गर्ने गरेका छौँ र ती जानकारी दिने गरेका छौँ ।"

बोर्डले श्रमका लागि नयाँ गन्तव्यको खोजिको सन्र्दभमा भने खासै प्रगति हासिल गर्न सकेको छैन । विशेष गरेर श्रमसम्बन्धी दुई देशबीच हुनुपर्ने सम्झौता नभएका कारण बोर्डलाई त्यसतर्फ काम गर्न अपm्ठ्यारो भएको कार्यकारी निर्देशक डा. उप्रेतीले जानकारी दिए ।

बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई उपलब्ध गराउँदै आएको राहत उद्धारको रकम समय सान्दर्भिक नभएको भन्दै ऐन संशोधनका लागि सचिवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।

बोर्डले अहिले श्रमसम्बन्धी कानुनी कागजात अद्यावधी रहेका कामदारको मृत्यु भएमा सात लाख रुपैयाँ र कागजात अद्यावधी नभएका तथा अवैधानिक ढंगले बसेका कामदारको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बोर्डले लिने शुल्क र राहत रकम दुवै बढाउने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro