site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'एमाले सरकार व्यवसायीलाई 'ज्वाइँ'जस्तो व्यवहार गर्थ्यो, अहिलेको जेल हाल्न थाल्यो'

काठमाडौं । नेकपा (एमाले)का उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख तथा व्यवसायी मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई जेल हाल्ने काम गरेको बताएका छन् ।

विभागले आयोजना गरेको 'वर्तमान आर्थिक अवस्था : समस्या र समाधान' शीर्षकको छलफल कार्यक्रममा उनले सरकारले व्यवसायीलाई दुःख दिन थालेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"उद्योगीलाई एमालेको सरकारले ज्वाइँजस्तो व्यवहार गर्थ्यो  । यो सरकारले उद्योगी व्यवसायीलाई जेल हालिरहेको छ," उनले भने, "फाइनान्सियल अपराध गर्नेलाई जेलमा हाल्ने काम गलत हो । त्यसो हो भने व्यवसायीहरूलाई राख्ने जेल अझै बनाउनुपर्छ ।"

अहिलेको सरकार 'समृद्ध बालुवाटार'मा लागेको पनि दुगडको आरोप छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्