देश
काठमाडौं । मोरङको बेलबारी नगरपालिका–५ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय प्रेम माझी रहेका छन् । करेन्ट घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज दिउँसो साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युतसर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० २०:२८
प्रतिक्रिया दिनुहोस्