site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्टर्न र रेजिडेन्ट चिकित्सकहरूको ‘ड्युटी आवर’ तोकिँदै

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले इन्टर्न र रेजिडेन्ट चिकित्सकको कार्यबोझ तोक्ने भएको छ ।

यसअघिको स्नातक, स्नातकोत्तर र सोभन्दा माथिका पढाइका लागि २०७९ पुसमा तयार पारिएको निर्देशिकाकै आधारमा कार्यबोझ तोक्न लागिएको हो ।

Argakhachi Cement Island Ad

निर्देशिकामा इन्टर्न चिकित्सकहरूको ड्युटी आवर बिहान ८ देखि साँझ ५ बजेसम्म रहने, एक रात काम गरी जिम्मेवारी हस्तान्तरण गरेपछि दिउँसो बिदा हुने जस्ता नियम तोकिएको छ ।

निर्देशिकामा इन्टर्न र रेजिडेन्ट चिकित्सकहरूको जिम्मेवारी र अधिकारबारे पनि उल्लेख छ । सोही निर्देशिकाअनुसार कार्यबोझ तोक्न काउन्सिलले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

nmc1692014544.jpg

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्