site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठकमा प्रस्ताव– उच्चस्तरीय संयन्त्र बनाउन नमाने समर्थन नै फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने माग उठेको छ । सांसद प्रदीप पौडेलले आफूले बैठकमा अहिलेसम्म भएका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय संयन्त्रको प्रस्ताव राखेको बताए ।

कांग्रेसको जारी संसदीय दलको बैठकले सुन तस्करी प्रकरणसहित सबै प्रकारका भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठनको निर्णय नै गर्नुपर्ने पौडेलेको माग छ । उनले दलको बैठकबाट भएको निर्णय सरकारले नमाने समर्थन नै फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन् । 

Dabur Nepal
NIC Asia

"कांग्रेसको संसदीय दलको बैठकले आजसम्म भएका चर्चित सबै भ्रष्टाचारका घटनाहरूको छानबिनका उच्चस्तरीय संयन्त्रण बनाउने निर्णय गर्नुपर्छ । यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ," पौडेलले भने ।

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान ११ बजे फेरि बस्ने छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro