site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायिक समितिमा पसल बन्द गराइदिनेदेखि कोठा खाली गराउनेसम्मका उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेको संख्या बढेको छ । पसलहरू बन्द गराइदिन, सटर, कोठा खाली गराइदिनलगायत उजुरी दिनेको संख्या बढ्दै गएको हो ।

महानगरका उपप्रमुख सुनीता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेको संख्या बढेको बताइन् । न्यायिक समितिको इजलासमा प्रत्येक १० मध्ये आठ उजुरी पसल बन्द गराइदिन र खाली गराउनेसम्बन्धी परेका उनले जानकारी गराइन् ।

“न्यायिक समितिको मुद्दाहरू हेरिरहँदाखेरि धेरैजसो अहिले पसलहरू बन्द गर्ने र सटर खाली गर्नुपर्‍यो, कोठा खाली गरिदिनुपर्‍यो भन्ने खालका विषय बढी आउन थालेको छ । न्यायिक समितिको इजलास बस्दाखेखि १० वटा हेर्‍यो भने आठवटाजति त कोठा खाली गराइपाऊँ, सटर खाली गराइपाऊँ, सहकारी भाग्यो, अब खाली गर्नुपर्‍यो भन्ने खालका यस्ता विषयहरू बढी आउन थालेको छ,” उनले भनिन्, “यसको संकेत पक्कै पनि राम्रो होइन । अहिले बजारमा धेरै पसलहरू बन्द हुन थालेको संकेत पनि हो । धेरैजनाले यो आर्थिक मन्दी आभास गरिरहनुभएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयवस्तुहरू बढी आउन थालेको छ । र, क्रम बढ्न थालेको छ । हरेक हप्ता यसका अपडेट लिदाँखेखि प्रतिशतमा बढ्न थालेको छ ।”

उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तीव्रता दिने बताइन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य, खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर महानगर अघि बढिरहेको उल्लेख गरिन् ।

नियमित रूपमा अनुगमन गर्ने कार्य व्यापारीलाई हतोत्साही गर्नु नभएको उनले स्पष्ट पारिन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro