देश

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षीय बीरबहादुर परियार रहेका छन् । आफ्नै घरमा पंखा जोड्ने क्रममा शनिबार करेन्ट लागेर घाइते भएका थिए ।
उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्