site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्र संघीय समिति सिडमा तेस्रो कार्यकालका लागि उमेदवारी दिँदै बन्दना राणा 

काठमाडौं । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)मा बन्दना राणाले तेस्रो कार्यकालका लागि उमेदवारी दिने भएकी छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिडको तेस्रो कार्यकालका लागि उमेदवारी दिन स्वीकृति दिने निर्णय गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०२५ देखि २०२८ सम्मका लागि नेपालको तर्फबाट सिडमा राणाले उमेदवारी दिने छिन् । 

राणा यसअघि दुईपटक लगातार सिडमा निर्वाचित भइसकेकी छन् । उनको दोस्रो कार्यकाल सन् २०२४ सम्म रहेको छ । 

राष्ट्रसंघका सदस्यमध्ये १८६ राष्ट्रले सिडलाई अनुमोदन गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्