साहित्य
काठमाडौं । २०७९ सालको मदन पुरस्कारका लागि पाँच कृतिको सूची सार्वजनिक गरिएको छ ।
आफूहरूलाई प्राप्त ३१३ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए ।
गुठीले सूची सार्वजनिक गरेका पाँच कृतिमा ‘इजोरिया’, ‘ऐँठन’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ छन् । यीमध्ये एक पुस्तकलाई ०७९ को मदन पुरस्कार प्रदान गरिने अध्यक्ष दीक्षितले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०९:३७
प्रतिक्रिया दिनुहोस्