site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री मोदी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री मोदीले संघीय निजामती ऐन अघि बढाउने काम अन्तिम चरणमा पुगेको भन्दै ऐनले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे । राजनीतिक पूर्वाग्रहका कारण संघीयतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै मन्त्री मोदीले सानातिना समस्याले संघीयतालाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।

प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको र दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको उनले बताए ।

Royal Enfield Island Ad

मन्त्री मोदीले प्रशासनिक सुधारको काम गर्दा राजनीतिक तथा प्रशासनिक हस्तक्षेपका साथै बिभिन्न दबाब आए पनि आफू पछि नहट्ने स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro