site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : माधव नेपाल भन्छन्– दोषीउपर छानबिन र कारबाही हुनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ललितानिवास प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । 

सबै प्रकारका भ्रष्टाचार एवं अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्नेमा उनको जोड छ । 

“सर्वोच्च अदालतको फैसलाका सन्दर्भमा अध्यक्ष माधवकुमार नेपाल जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवं अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ,” उनको सचिवालयले भनेको छ । 

सर्वोच्च अदालतले हिजो पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि ललितानिवास प्रकरणमा छानबिन गर्न आदेश दिएको थियो । 

यसैबीच, अध्यक्ष नेपाल जेनेभा प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्यान्डलगायत विभिन्न देशमा आयोजना हुने पूर्वनिर्धारित कार्यक्रमहरूमा सहभागी हुन उनी आज बिहान टर्किस एअरको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । 

अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro