site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीयन ‘लेजेन्ड’ बुफोनले लिए सन्यास
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालीका पूर्वगोलकिपर तथा विश्वकप विजेता जियानलुइजी बुफोनले फुटबलबाट सन्यास लिएका छन् ।

इटालीयन लिगको दोस्रो डिभिजनमा रहेको प्रामामा आबद्ध रहेका बुफोनले बुधबार ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुफोनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । “अहिलेका लागि यति नै । तिमीले मलाई र मैले तिमीलाई सबै कुरा दिए । हामीले यो एकसाथ गर्यौं,” उनले लेखेका छन् ।

बुफोनले २८ वर्षको लामो फुटबल करियरपछि बुट झुन्डाउने निर्णय गरेका हुन् । सन् २००६ मा इटालीले विश्वकपको उपाधि जित्दा बुफोन टिमका पहिलो रोजाईको गोलकिपर थिए । यसबाहेक, उनले युभेन्ट्सबाट १० सिरी ‘ए’ र पेरिस सेन्ट जर्मन (पीएसजी)बाट लिग वानको उपाधि जितेका छन् ।

Global Ime bank

बुफोनले सन् १९९५ को नोभेम्बरमा प्रामाबाट नै इटालीयन सिरी ‘ए’ मा डेब्यू गरेका थिए । त्यसपछि उनी सन् २००१ मा युभेन्ट्स आबद्ध भए । युभेन्ट्समा नै करियरको अधिकांश समय बिताएका बुफोनले सन् २०१८–१९ को एक सिजन भने पीएसजीबाट खेलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय