site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन्दर देखिन नेपालीले एकैवर्ष खर्च गरे साढे नौ अर्ब रुपैयाँ
प्रतीकात्मक तस्बिर।

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट नौ अर्ब ६२ करोड ११ लाख २२ हजार रुपैयाँभन्दा बढीको सौन्दर्य सामग्री आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सौन्दर्य सामग्री आयात गरेको हो ।

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले ३६ करोड ४४ लाख ६० हजार रुपैयाँको ओठमा लगाउने सौन्दर्य सामग्री (लिपिस्टिक, लिप ग्लस, लिपबाम आदि) आयात गरेको छ । उक्त मूल्यमा एक लाख ९१ हजार ४४२ केजी ओठमा लगाउने सौन्दर्य सामग्री नेपाल भित्रिएको छ ।

सोही अवधिमा १९ करोड ४० लाख ८० हजार रुपैयाँको आँखामा लगाउने सौन्दर्य सामग्री (आइस्याडो, मस्कारा, गाजल, आइलाइनर आदि) नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो एक वर्षमा पाँच करोड २७ लाख १८ हजार रुपैयाँको नेल पोलिस, ३३ करोड १८ लाख ९० हजार रुपैयाँको पाउडर, ७८ करोड पाँच लाख ८१ हजार रुपैयाँको फेसक्रिम र ४६ करोड नौ लाख ८९ हजार रुपैयाँको बडीलोसन नेपालले आयात गरेको छ ।

यस्तै, एक करोड पाँच लाख ६५ हजार रुपैयाँको सिन्दुर, ६६ करोड ७७ लाख ७९ हजार रुपैयाँको कपालमा लगाउने तेल, ६२ करोड २० लाख ८३ हजार रुपैयाँको कपालमा लगाउने रंग र सात करोड ३२ लाख ३८ हजार रुपैयाँको हेयरक्रिम पनि नेपाल भित्रिएको छ ।

उक्त अवधिमा ६३ करोड २१ लाख ३३ हजार रुपैयाँको स्याम्पू र १० करोड ४५ लाख ४७ हजार रुपैयाँको हेयर कन्डिस्नर नेपालले आयात गरेको छ । तीन अर्ब १३ करोड ४९ लाख १९ हजार रुपैयाँको अन्य विभिन्न प्रकारका सौन्दर्य सामग्री नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट १० अर्ब १८ करोड ८० लाख ५१ हजार रुपैयाँभन्दा बढीको सौन्दर्य सामग्री आयात गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro