राजनीति

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका हुन् ।
उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरूको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको बताए ।
कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्