विदेश
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मानवीय मूल्य र सिद्धान्तहरूको उल्लंघन हुने आपराधिक गतिविधिका साथै सबै प्रकारका हिंसा र आतंकवादको यूएई निन्दा गर्दछ भनेको छ । मन्त्रालयले पाकिस्तान सरकार र जनताप्रति गहिरो समवेदना एवम् सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आइतबार खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा आत्मघाती बम आक्रमणकारी हुँदा ५४ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० २२:१०
प्रतिक्रिया दिनुहोस्