site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीमाथि दुर्व्यवहार गरेपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सियारी गाउँपालिका–७, अमुवामा बस्दै आएका ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जितबहादुर थारुलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार स्थानीय जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रथम अमुवा सांस्कृतिक रमाइलो मेलामा लालबहादुर र जितबहादुर आपसमा झगडा गर्दै थिए । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको टोलीले उनीहरूलाई सम्झाइबुझाइ गर्ने प्रयास गरेको थियो ।

त्यसक्रममा प्रहरी टोलीमाथि नै दुर्व्यवहार गरिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro