site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर त्रिशूली जलविद्युत आयोजनाका कामदारको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । रसुवाको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् । 

काम गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

आमाछोदिङमो गाउँपालिका–१, हाकुमा रहेको जलविद्युत आयोजनामा काम गर्ने क्रममा शनिबार करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्