site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप विजेता जापानसँगै नेपाली महिला फुटबल टिम समूह ‘डी’मा
फाइल तस्बिर ।

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाली टिम कठिन समूहमा परेको छ ।

एसियाली खेलकुदका लागि बिहीबार भएको ‘ड्र’अनुसार नेपाली एसियाली पावर हाउस जापान र हाल न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप खेलिरहेको भियतनामसँगै समूह ‘डी’ मा परेको छ । यो समूहमा नेपाल, भियतनाम र जापानसँगै साफ महिला च्याम्पियनसिपको विजेता बंगलादेश पनि छन् ।

जापान सन् २०११ को विश्वकप विजेता टिम हो ।  एसियाली खेलकुदमा सहभागी १८ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘डी’ र ‘ई’ मा चार तथा अन्य तीन समूहमा भने समान तीन टोली समावेश छन् ।

एसियन गेम्स २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा हुँदै छ ।  एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी हुने तय भएको छ ।

    

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro