देश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय कुमार विक रहेका छन् । घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा मंगलबार अचानक विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्