site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध छ : कार्यबाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन छिट्टै संसद्‌मा लैजान तयारीमा रहेको बताएका छन् ।

भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षामन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको समेत प्रष्ट पारे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियोे ।

एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले  यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्णरूपमा प्रतिबद्ध भएको पनि जानकारी दिए ।

कार्यक्रममा उनले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठूलो गुन लगाएको उल्लेख गरे । भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।

कावा प्रधानमन्त्री खड्काले भने, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro