site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हिजो साँझ भएको साइडलाइन वार्तामा उनीहरूबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्डले हसिनासँग भेटवार्ता गरेका हुन् । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले हिजो नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी गराएका थिए । 

गुटेरससँगको भेटवार्तामा उनले राष्ट्रसंघ र सम्बद्ध निकायसँग सहयोगको अपेक्षा रहेको बताएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्