काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संयुक्त राष्ट्रसंघको खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन इटालीको रोम पुगेका छन् ।
उनी शनिबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान साढे ७ बजे प्रधानमन्त्री इटाली पुगेका हुन् ।
प्रधानमन्त्रीलाई अष्ट्रियाका लागि गैरआवासीय नेपाली राजदूत भरतकुमार रेग्मी र इटालीको परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
अतिकम विकसित राष्ट्र समूहको अध्यक्षको हैसियतमा राष्ट्रसंघको कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्ड सम्बोधन गर्ने छन् ।
नेपाल पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको विश्व समन्वय ब्युरोको अध्यक्ष छ ।