site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ नेता युआन च्या म्युन काठमाडौंमा
SkywellSkywell

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या म्युन नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन् । उनी श्रीलंका हुँदै नेपाल आएका हुन् ।

नेकपा (माओवादी केन्द्र)को निमन्त्रणामा युआनको टोली यहाँ आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायत नेताले स्वागत गरेका थिए ।

Dabur Nepal
NIC Asia

सीपीसीका प्रभावशाली सदस्यमध्ये एक युआन यस्तो बेलामा काठमाडौं आइपुगेका छन्, जति बेला नेपालका प्रमुख तीन कम्युनिस्ट पार्टीका अध्यक्ष देशबाहिर रहेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार मात्र इटाली गएका छन् । उनी संयुक्त राष्ट्रसंघको कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुन इटाली गएका हुन् । प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले कम्बोडिया भ्रमणमा रहेका छन् । कम्बोडियाको निर्वाचन आयोगको निमन्त्रणामा उनी संसदीय निर्वाचन पर्यवेक्षण गर्न त्यहाँ गएका हुन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज एक साताका लागि इन्डोनेसिया जाँदै छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआनले नेपाल भ्रमणको समयमा राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा युआनले यहाँका प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro