site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इप्पानले गठन गर्‍यो विज्ञ सल्लाहकार समिति गठन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।

इप्पानको विधानमा आवश्यकताअनुसार विभिन्न समितिहरू गठन गर्नसक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरूको समिति गठन गरिएको हो ।

Argakhachi Cement Island Ad

ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरूलाई समितिमा मनोनयन गरिएको छ ।

जसमा पूर्वअर्थमन्त्री एवं जलश्रोत सचिव डा. शंकर कोइराला, इप्पानका पुर्वअध्यक्षहरू डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, जलविद्युत् उद्यमी डा. आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा. कृष्णप्रसाद दुलाल, ई. ज्ञानेन्द्रलाल प्रधान, पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ, भूराजनितिक विश्लेषक एवं जलविद्युत् उद्यमी अरुणकुमार सुवेदी, पूर्वजलश्रोत राज्यमन्त्री एवं उद्यमी हरिप्रसाद पाण्डे, उद्यमी मोतिलाल दुगड, पूर्वउर्जासचिव सुमन शर्मा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू प्रदिपकुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीलाई मनोनयन गरिएको इप्पानले जानकारी गराएको छ ।

इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

असार १ गते बसेको कार्यसमितिको १७१औँ बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्नेसम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो । सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकारमा उनीहरूलाई मनोनयन गरेका हुन् । कार्यसमितिले विज्ञ सल्लाहकारहरूबाट आवश्यक परामर्श लिन सक्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्