site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महामन्त्रीद्वयलाई गलाउने रणनीतिमा संस्थापन पक्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एक वर्षपछि बस्दै छ । जहाँ नेतृत्वले सदस्यहरूका 'कडा प्रश्न'को सामना गर्नुपर्ने छ । कांग्रेस महानमन्त्रीद्वयले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । तर, अबको बैठकमा केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नै प्रश्नको कठघरामा उभ्याउने तयारी गरेका छन् ।

संस्थापन पक्षले महामन्त्रीद्वयको कार्यशैलीमै प्रश्न उठाउने तयारी गरेको हो । सभापति निकट केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयकै कारण पार्टी विधानसम्मत सञ्चालन हुन नसकेको निष्कर्ष निकालेका छन् ।

सुदूरपश्चिम कांग्रेसका सभापति वीरबहादुर बलायर बैठकमा पार्टी सभापति र महामन्त्रीको कार्यशैलीसहित समग्र विषयमा विभिन्न कोणबाट छलफल हुने बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी राम्ररी सञ्चालनका लागि जिम्मेवार सबै पक्ष र विषयहरूमा गहिरो बहस बैठकमा हुन्छ,” बलायरले बाह्रखरीसँग भने ।

तर, सभापतिको बचाउका लागि महामन्त्रीको विरोध भने गर्न नलागिएको संस्थापन पक्षको तर्क छ । पार्टीलाई विधानसम्मत चलाउन महामन्त्रीको पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी भएको संस्थापन निकट केन्द्रीय सदस्य बताउँछन् । सभापतिलाई विधान कार्यान्वयनमा जिम्मेवार बनाउन छाडेर दुवै महामन्त्री लोकप्रियतामा लागेको देउवा निकट केन्द्रीय सदस्यको आरोप छ । 

Global Ime bank

विशेष गरेर केन्द्रीय समिति बैठक नबोलाउने, उपनिर्वाचनको नेतृत्व गरे पनि दलको उमेदवारलाई विजय गराउन नसक्नु, संसदीय दलको चुनाव हारे पनि दलको नेता फेर्छु भन्दै हिँड्नेसहितका विषयमा संस्थापन पक्ष असन्तुष्ट छ । पार्टीबाट युवा र कार्यकर्ता पलायन भइरहँदा तथा भ्रातृ संस्था तथा विभागहरू गठन नहुँदा पनि महामन्त्रीद्वयले  हस्तक्षेपकारी भूमिका खेल्न नसकेको जस्ता प्रश्न उठाउने तयारीमा रहेको एक केन्द्रीय सदस्यले बताए । त्यसका लागि सामूहिक रूपमै तयारी भइरहेको ती सदस्यको भनाइ छ ।

“कुरा उठाउनैपर्ने भयो । पार्टी सुस्त भयो भनेर सार्वजनिक खपतका लागि बोलेका छन् । पार्टी र विधान चलाउने काम उहाँहरूको पनि हो नि,” ती केन्द्रीय सदस्यले भने, “स्टन्ट मात्र गर्नुहुन्छ उहाँहरू । फेसबुकमा लेखेर मात्रै पार्टी चल्दैन भन्दिने हो । गनगन गर्ने मात्र हो भने किन महामन्त्री भएको भनेर कुरा उठाउने हो ।”

पार्टी विधानको धारा २७ ले महामन्त्रीहरूलाई १२ वटा अधिकार दिएको छ । जमध्ये पार्टी कार्यालय नै महामन्त्रीको मातहत रहने र त्यसको रेखदेख र सञ्चालन गर्नुपर्ने जिम्मेवारी महामन्त्रीद्वयको हो । यस्तै, पार्टी केन्द्रीय समितिहरूले गरेको निर्णयहरू कार्यान्वयन गराउने, दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग गर्ने तथा महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी दिने, पार्टी सदस्यताबारे धारा ४ को उपधारा ९ बमोजिमको काम महामन्त्रीको गर्नुपर्छ ।

सभापति देउवा निकट केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापतिसहित कार्यकारी भूमिकामा रहेका सबै नेताहरूमाति बैठकमा गम्भीर प्रश्न उठ्ने बताउँछन् । पार्टी गतिशील नसक्नुमा सबै पदाधिकारी उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ । पदाधिकारी नै आरोपप्रत्यारोप उत्रिएका छन् । झट्ट हेर्दा केन्द्रीय समिति बैठकमा सभापतिमाथि प्रहार हुने देखिए पनि बैठक सुश्र भएपछि 'ब्याकफायर' महामन्त्रीलाई उनको दाबी छ ।

“बाहिर पार्टी चलेन, यो भएन त्यो भएन भनेर केही पदाधिकारी साथीहरू हिँड्नुभएको छ । यो भन्दा अगाडिको केन्द्रीय समितिले बैठकले दिएको जिम्मेवारी पदाधीकारीहरूले के कति पूरा गर्नुभयो भनेर बताउनुपर्छ,” विश्वकर्माले भने, “भ्रातृ संस्था किन गठन भएन भन्नेबारे सभापतिले स्वाभाविक उत्तर दिनुहोला । त्यसमा जवाफ त उहाँहरूले दिनुपर्छ । उपनिर्वाचनमा लिएको जिम्मेवारीको विषयमा जवाफ दिनुपर्छ ।”

सभापति देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप महामन्त्रीद्वयले लगाउँदै आएका छन् । देउवाकै कारण पार्टी असफल भएको निष्कर्ष निकालेका महामन्त्री नेतृत्व फेर्नुपर्ने बताउँदै आएका छन् । जसमा संस्थापन पक्षका नेताहरूको स्पष्ट विमति छ । 

“१२औँ महाधिवेशनपछि हामी सभापतीय प्रणालीबाट हटेर सहमतीय प्रणालीबाट अघि बढेका छौँ । सोही अनुसार हालसम्म बैठकहरूमा शेरबहादुर देउवाले एकल बहुमतबाट गराउनुभएको छैन । ढिलो निर्णय भए पनि सर्वसम्मत भएको छ,” विश्वकर्माले थपे, “सभापतिलाई पनि सहयोग गर्नुपर्छ होला नि । सभापतिलाई सहयोग नगरेर बाहिर प्रतिक्रिया दिने जस्ता काम गर्नेहरू साथीहरूप्रति नै प्रश्न फर्किन्छ ।”

विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षसम्म बैठक बस्न सकेन ।

पार्टीमा मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा भएको छैन । गठबन्धन गर्दा भएको नाफा–नोक्सानको हिसाब गर्न कांग्रेसले अग्रसरता नै देखाएको छैन । पार्टीले विधानसम्मत केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । भ्रातृ शुभेच्छुक संस्थाको अवस्था बेहाल छ । तदर्थ समिति बनाउने र अधिवेशन गराउने बाटो पार्टीले अघि बढाएको छैन । 

विधानसम्मत ६ महिनामा गठन हुनुपर्ने २७ मध्ये एउटा प्रचार विभाग मात्र गठन भएको छ । निर्वाचनको समयमा अनुशासन उल्लंघन गरेको गुनासा र कारबाही सिफारिस भएर नामहरू आएका छन् । अनुशासन समितिमा आनन्द ढुंगाना भए पनि त्यो समितिले पूर्णता पाएको छैन । जसमा सभापति पार्टीका सबै पदाधिकारी उत्तिकै दोषी रहेको केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् । 

उनी बैठकबाट विधान कार्यान्वयनका लागि संकल्पसहितको निर्णय गराइने बताउँछन् । “मेजर कुरा विधान कार्यान्वयनको विषय उठाइन्छ । नीति महाधिवेशनको मिति पनि हामी तय गर्छौं,” महरले भने, “पार्टीको पदाधिकारीले बाहिर बोल्ने कि बैठकमा बोल्ने कि एउटै कुरा बोल्ने कि धेरै कुरा बोल्ने ? कति बोल्ने र त्यो कुरा कार्यान्वयन गर्ने ? केन्द्रीय कार्यालयलाई अफिस बनाउने कि ठाउँ ठाउँमा बसेर बोलिरहने भन्ने विषय सबै उठ्छ ।”

कांग्रेसमा समस्या नै विधान कार्यान्वयनलाई लिएर छ । पार्टी सभापति र नेतृत्वमा बसेका कसैले पनि विधान कार्यान्वनलाई प्राथमिकता नदिएको आरोप लाग्ने गरेको छ । यस्तै, पार्टी सरकारमा रहँदा जनमतको सम्मान नभएको, जनप्रतिनिधिहरू पार्टी र जनता प्रति उत्तरदायी नभएको गुनासो छ । 

केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तोक्ने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC