site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गरिब, विपन्न, बेवारिसे र असहायलाई १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क, कुन अस्पतालमा कति ?  

काठमाडौं । गरिब, विपन्न, बेवारिसे र असहायहरूको लागि देशका १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइने भएको छ । 

संघ अन्तर्गतका अस्पतातहरूमा उक्त संख्यामा बेड निःशुल्क उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

Dabur Nepal
NIC Asia

"गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारमा स्थानीय, प्रादेशिक र संघीय स्तरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने व्यवस्थाअनुसार संघ अन्तर्गतका १६ अस्पतालहरूबाट कुल तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको छ," स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको उपलब्धि विवरणमा उल्लेख छ । 

मन्त्रालयका अनुसार वीर अस्पतालमा ७००, भरतपुर अस्पतालमा ४२०, नारायणी अस्पतालमा २५५, कान्ति बाल अस्पतालमा २४८, गजेन्द्र नारायण अस्पतलमा १०० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा बेड गरिब, विपन्न, बेवारिसे र असहायले निःशुल्क पाउने छन् ।

यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा ४५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००, राष्ट्रिय ट्रमा सेन्टरमा १५०, भेरी अस्पतालमा ५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, डडेल्धुरा अस्पतालमा ३०, मानसिक अस्पताल ललितपुरमा ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५०, कोसी अस्पतालमा ३३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड निःशुल्क उपलब्ध गराइने छ।

यी हुन् बेड निःशुल्क पाइने १६ अस्पताल 

Free Bed list1689325805.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro