site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चार सचिव राउतको बन्दीप्रत्यक्षीकरण निवेदन : अदालतले सरकारसँग माग्यो २४ घण्टाभित्र जवाफ

काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गर्नुको कारण माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

“यसमा के कसो भएको हो ? निवेदनको माग बमोजिम बन्दीप्रत्यक्षीकरण आदेश किन जारी हुनुनपर्ने हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै करण भए सबुदप्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनि यो आदेश र निवेदनको प्रतिवेदनको प्रतिलिपि साथै राखी विपक्षका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ता कार्यालयलाई दिइ सुनुवाइका लागि नियमनुसार पेस गर्नु,” श्रेष्ठको इजलासको आदेशमा भनिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro