site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मस्कसँगको ‘फाइट’का लागि यूएफसी विजेतासँग प्रशिक्षण लिँदै मार्क जुकरबर्ग

काठमाडौं । फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्गले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ ।

जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको चुनौती स्वीकार गरेका जुकरबर्गले त्यसैको तयारीका लागि प्रशिक्षण सुरु गरेका हुन् । उनले ट्विटरमा ‘यो निकै गम्भीर काम हो’ लेख्दै तीन फोटो पोस्ट गरेका छन् ।

facebook 21689145725.jpg

जुकरबर्गले प्रशिक्षण गरिराखेको तस्विर यूएफसी मिडलवेट च्याम्पियन इजराइल अडेसान्याले ट्विटरमा सार्वजनिक गरेका छन् ।

मस्कसँग जुकरबर्गको सम्भावित लडाइँको विषय पछिल्लो हप्तायता निकै चर्चाको विषय बनिरहेको छ ।

यस विषयमा यूएफसीका अध्यक्ष डाना ह्वाइटले हालै न्युयोर्क टाइम्सलाई आफूले दुई धनाढ्यहरुबीचको लडाइँका लागि मद्दत गर्ने बताएका थिए । हालसम्म जुकरबर्ग र मस्कबीचको ‘फाइट’ हुन्छ भन्नेबारे भने निश्चित भइसकेको छैन ।

लडाइँको लागि मस्कको तयारी पनि सार्वजनिक भएको छ । यसअघि मस्कले ब्राजिलियन जिउ–जित्सु ब्ल्याक बेल्ट लेक्स फ्रिडम्यानसँग गरेको प्रशिक्षणको तस्बिरहरू केही हप्ताअघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro